हुण्डी कारोबार निरुत्साहन गर्न सहयोग गर्ने सम्बन्धी जरुरी सूचना

सूचना

 

 

अनौपचारिक माध्यमबाट गरिने विप्रेषण कारोबार (हुण्डी) असुरक्षित, गैरकानूनी एवं राष्ट्रहित विपरितको कार्य हो । सम्पत्ति शुद्धिकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणका लागि अनौपचारिक च्यानल वा माध्यमको प्रयोग गरी विप्रेषण कारोबार (हुण्डी) हुन नदिनु नेपाल सरकारको अन्तर्राष्ट्रिय दायित्व रही आएको छ । सोही सिलसिलामा विदेशमा रही अनौपचारिक माध्यमबाट विप्रेषणको कारोबार (हुण्डी) मा संलग्न हुनेहरूको विवरण संकलन गरी आवश्यक कारबाहिका लागि एकिकृत अभिलेखीकरण गर्ने कार्य नेपाल सरकारको सम्बन्धित निकायले गरिरहेको छ ।

 

अतः अष्ट्रेलिया, न्यूजिल्याण्डलगायत प्यासिफिक क्षेत्रमा रहनुहुने नेपाली व्यक्ति वा संस्थाले नेपालमा रकम पठाउँदा वा नेपालबाट रकम ल्याउँदा बैंकिङ्ग च्यानलको मात्र प्रयोग गर्नु/गराउनुहुन अनुरोध गरिन्छ । साथै, कुनै व्यक्ति वा संस्थाले अनौपचारिक च्यानल वा माध्यमको प्रयोग गरी विप्रेषण कारोबार (हुण्डी) गरेको सूचना/जानकारी आफूसँग भए त्यस्तो कार्य गर्ने/गराउने व्यक्ति वा संस्थाको विवरण यस राजदूतावासको इमेल ठेगाना (eoncanberra@mofa.gov.np) मा पठाई हुण्डी कारोबारलाई निरूत्साहित गर्ने कार्यमा सहयोग पुर्‍याउनुहुन सम्पूर्ण नेपाली समुदायसमक्ष अनुरोध छ ।

 

(हुण्डी कारोबारसँग सम्बन्धित सूचना/जानकारी/विवरण उपलब्ध गराउने व्यक्तिको विवरण गोप्य राखिने छ)

 

 

नेपाली राजदूतावास

क्यानवेरा

२2 डिसेम्वर २०२५