national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी

हुण्डी कारोबार निरुत्साहन गर्न सहयोग गर्ने सम्बन्धी जरुरी सूचना

सूचना

 

 

अनौपचारिक माध्यमबाट गरिने विप्रेषण कारोबार (हुण्डी) असुरक्षित, गैरकानूनी एवं राष्ट्रहित विपरितको कार्य हो । सम्पत्ति शुद्धिकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणका लागि अनौपचारिक च्यानल वा माध्यमको प्रयोग गरी विप्रेषण कारोबार (हुण्डी) हुन नदिनु नेपाल सरकारको अन्तर्राष्ट्रिय दायित्व रही आएको छ । सोही सिलसिलामा विदेशमा रही अनौपचारिक माध्यमबाट विप्रेषणको कारोबार (हुण्डी) मा संलग्न हुनेहरूको विवरण संकलन गरी आवश्यक कारबाहिका लागि एकिकृत अभिलेखीकरण गर्ने कार्य नेपाल सरकारको सम्बन्धित निकायले गरिरहेको छ ।

 

अतः अष्ट्रेलिया, न्यूजिल्याण्डलगायत प्यासिफिक क्षेत्रमा रहनुहुने नेपाली व्यक्ति वा संस्थाले नेपालमा रकम पठाउँदा वा नेपालबाट रकम ल्याउँदा बैंकिङ्ग च्यानलको मात्र प्रयोग गर्नु/गराउनुहुन अनुरोध गरिन्छ । साथै, कुनै व्यक्ति वा संस्थाले अनौपचारिक च्यानल वा माध्यमको प्रयोग गरी विप्रेषण कारोबार (हुण्डी) गरेको सूचना/जानकारी आफूसँग भए त्यस्तो कार्य गर्ने/गराउने व्यक्ति वा संस्थाको विवरण यस राजदूतावासको इमेल ठेगाना (eoncanberra@mofa.gov.np) मा पठाई हुण्डी कारोबारलाई निरूत्साहित गर्ने कार्यमा सहयोग पुर्‍याउनुहुन सम्पूर्ण नेपाली समुदायसमक्ष अनुरोध छ ।

 

(हुण्डी कारोबारसँग सम्बन्धित सूचना/जानकारी/विवरण उपलब्ध गराउने व्यक्तिको विवरण गोप्य राखिने छ)

 

 

नेपाली राजदूतावास

क्यानवेरा

२2 डिसेम्वर २०२५