Notice on Reconstruction and Relief Fund

Notice on Reconstruction and Relief Fund

सूचना

 

 

नेपाल सरकारले राहत, पुननिर्माण र आर्थिक पुनरूत्थानका लागि भौतिक पूर्वाधार पुननिर्माण कोष स्थापना गरी राष्ट्रिय वाणिज्य बैंक सिंहदरबार, काठमाडौँको खाता नम्बर १९६०१००१०२०७०००४, SWIFT CODE: RBBANPKA मार्फत सहयोग आह्वान गरी रकम संकलन गरिरहेको व्यहोरा सर्वविदितै छ । संकलित रकम सहिद परिवार र घाइतेको उपचारको लागि समेत प्रयोग हुने नेपाल सरकार, अर्थ मन्त्रालयले सूचित गरेको छ ।

 

अतः जेन जी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका परिवार र घाइते भएका नेपाली नागरिकहरुका लागि GoFundMe लगायतबाट राहतको नाममा उठाइएका रकमहरू नेपाल सरकारको उल्लिखित बैंक खातामा मात्र रकम जम्मा गर्नुपर्ने र सो बाहेक अन्य माध्यमबाट रकम पठाएमा कानूनबमोजिम कारबाही हुने जानकारी नेपालको सम्बन्धित निकायमार्फत प्राप्त भएको हुँदा सम्बन्धित सबैमा सूचित गरिन्छ।

 

 

नेपाली राजदूतावास

क्यानबेरा

13 कार्तिक 2082