NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ वछलाथ्व पञ्चमी - ५

Important Information-Read Before Filling Form

  1. विद्युतीय राहदानी (e-Passport) को Pre-enrolment Appointment Booking कार्यालय खुलेको दिनमा बिहान १०: ०० बजे (Canberra Time) खुला गरिन्छ । Pre-enrolment Appointment Booking को दिनबाट सामान्यतया ४ देखि ५ हप्तापछि Biometrics का लागि Appointment मितिहरू उपलब्ध हुन्छन् । Appointment बुकिङको लागि उपलब्ध मितिहरू बोल्ड अक्षरमा देखिन्छन् । आवेदकहरूको उच्च संख्याको कारणले गर्दा केही घण्टा भित्रै Appointments पूर्ण रूपमा बुक हुने गरेका छन्
  2. ई-पासपोर्टको आवेदन फारम भर्नुअघि कृपया आफ्नो नागरिकताको फोटो (अगाडि र पछाडिका पृष्ठहरू) र राहदानी (फोटो पृष्ठ र पृष्ठ नम्बर ३१) JPEG ढाँचामा ३०० KB भन्दा सानो फाइल साइजमा तयार गर्नुहोस्। यी कागजातहरू आवेदन प्रक्रियाको क्रममा अपलोड गर्नुपर्नेछ ।
  3. विद्युतीय राहदानी (e-Passport) को फाराम भर्दा शुरुमा १. पहिलो पटक राहदानी लिन (First Issuance) २. म्याद सकिएको राहदानी नवीकरण गर्न (Renewal) ३. हराएको/चोरिएको राहदानीको सट्टामा (Replacement-Lost/Stolen) ४. बिग्रेको राहदानीको सट्टामा (Replacement-Damaged) मध्ये आफूलाई उपयुक्त Type of Application छनौट गर्नुपर्नेछ ।
  4. आफ्नो पहिलो नामको अगाडि श्री/श्रीमती/श्रीमती/डा. आदि नलेख्नुहोस् । यदि तपाईंको middle name छ भने पहिलो नामको पछाडि लेख्नुहोस् ।
  5. नागरिकता नम्बर लेख्दा, कृपया ड्यास (-) वा स्ल्या (/) जस्ता कुनै पनि चिन्ह प्रयोग नगरी नम्बरहरू मात्र उल्लेख गर्नुहोस् । १६ वर्ष मुनिका नाबालिग आवेदकको हकमा नेपाल सरकारबाट जारी गरिएको नाबालिग परिचयपत्र नम्बर लेख्नुहोस् ।
  6. अष्ट्रेलियामा जन्मेको बच्चाको हकमा नेपालबाट नाबालक परिचय पत्र जारी गरिएको छैन भने नागरिकता नम्बरको सट्टा जन्मदर्ता प्रमाणपत्रको नम्बर लेख्नुहोस्
  7. आवेदकको जन्मस्थान र हालको राहदानी जारी भएको स्थानमा अष्ट्रेलिया वा अन्य कुनै देशको नाम Select गर्नुपर्ने भएमा Other option मा Click गरी Australia वा अन्य कुनै देशको नाम Select गर्नुपर्छ । (जिल्लाको नाम भएको List मा Scroll Down गर्दै जाँदा Other option भेटिन्छ ।)
  8. राजदूतावासबाट राहदानीको आवेदन गर्न राष्ट्रिय पहिचान नम्बर (NIN) अनिवार्य छैन ।
  9. (*) चिन्ह अंकित विवरणहरू अनिवार्य रूपमा भर्नुपर्छ । आवेदन फाराम भर्ने क्रममा कुनै विवरण गलत भरिएमा Appointment Day मा राजदूतावासमा सच्याउन सकिनेछ ।
  10. राहदानी आवेदनका लागि हाल Online Payment सेवा उपलब्ध छैन । राहदानी आवेदन शुल्क Appointment को दिन राजदूतावासमा बुझाउन सकिन्छ ।
  11. राहदानीको बहाल रहने अवधि (म्याद) एक वर्षभन्दा कम भएमा राहदानी नवीकरणका लागि आवेदन गर्न सकिन्छ । Machine Readable Passports (MRPs) बहाल रहने अवधिसम्म प्रयोग गर्न सकिन्छ ।
  12. आवेदन फाराम भरिसकेपछि आवेदन फारामको PDF file Save गरी A4 size मा Print गरेर अन्य आवश्यक कागजातहरूसँग Appointment को दिन राजदूतावासमा ल्याउनुपर्नेछ ।
  13. पाँच वर्ष भन्दा कम उमेरका बालबालिका बाहेक सबै आवेदकहरू (५ वर्ष र सोभन्दा बढी उमेरका) Biometrics प्रक्रियाको लागि अनिवार्य रूपमा राजदूतावासमा उपस्थित हुनुपर्नेछ ।
  14. राहदानीको म्याद सकिसकेका, राहदानी Lost/Damaged भएका तथा विविध कारणले राहदानी अत्यावश्यक परेका आवेदकहरूलाई क्यानबेराको Pre-enrolment Appointment लिन समस्या परेमा राहदानी विभाग, काठमाडौं वा अन्य कुनै स्थानको Pre-enrolment Appointment Form भरेर कार्यालय खुलेको दिन २:०० देखि ३:०० बजेको बीचमा Biometrics का लागि यस राजदूतावासमा उपस्थित हुन अनुरोध गरिन्छ ।
  15. आवेदकहरूको Biometrics गरेको दिनबाट राहदानी जारी गर्न करिव २ महिनाको समय लाग्ने भएकोले आवेदकहरूलाई पर्याप्त समय सीमासहित राहदानीको लागि आवेदन दिन अनुरोध गरिन्छ ।

For required documents click here

For further process, click here